राजनीति
एकीकृत समाजवादीको यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज

काठमाडौं, पुस ६-
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । जसअन्तर्गत सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ ।
कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राईलाई तोकिएको छ भने सहइन्चार्जमा सचिव बलदेव चौधरी चयन भएका छन् । त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्षसमेत रहेका धर्मनाथ प्रसाद साहलाई तोकिएको छ । स्थायी कमिटी सदस्य नगेन्द्र चौधरी यस प्रदेशको सहइन्चार्ज बनेका छन् ।
बागमती प्रदेशको इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर, सहइन्चार्ज स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ बनेका छन् । गण्डकी प्रदेशमा भने सचिव श्रीनाथ बराल इन्चार्ज बन्दा पोलिटब्युरो सदस्य दिलुकुमारी पन्त सहइन्चार्ज बनेकी छिन् ।
लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव मेटमणि चौधरीलाई तोकिएको छ । यहाँको सहइन्चार्जमा सचिव सोमप्रसाद पाण्डे रहेका छन् । कर्णाली प्रदेशको इन्चार्जमा भने सचिव चन्द्रबहादुर शाही चयन भएका छन् । यहाँको सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो सदस्य शेरबहादुर केसीलाई दिइएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने उपाध्यक्ष भानुभक्त जोशी इन्चार्जको जिम्मेवारीमा रहनेछन् । यहाँको सहइन्चार्जको जिम्मेवारी सचिव शेरबहादुर कुँवरले पाएका छन् ।