राजनीति

प्रमुख प्रशासकीय अधिकृतसँग बालेन असन्तुष्ट

Banner

काठमाडौँ, पुस ५-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको कामसँग असन्तुष्ट देखिएका छन्। काठमाडौं भ्यु टावरमा गैर कानुनी काम गरेको भन्दै प्रमुख साह प्रमुख प्रशासकीय अधिकृत गुरागाइँसँग असन्तुष्ट भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले काठमाडौं भ्यु टावरमा गैर कानुनी काम गरेको भेटिएपछि अहिले उनीमाथि महानगरले आन्तरिक रुपमा छानबिन सुरु गरेको मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले बताए।

साहले भने, ुकाठमाडौं भ्यु टावरको बारेमा अध्ययन गर्न एउटा समिति निर्माण भएको थियो। त्यो समितिले अध्ययनको क्रममा टावरको नक्सा गैर कानुनी रुपमा पास गरेको देखिएको छ। अहिले उहाँमाथि हामीले आन्तरिक छानबिन सुरु गरेका छौँ।ु

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>