राजनीति
बीपीको नाम लिएर मन लागेका कुरा नभनौंः गगन थापा
०

काठमाडौं, पुस ५-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै पार्टीभित्र नेताहरूलाई सुनेको आधारमा मात्र बीपीको नाम जोडेर कुरा नगर्न आग्रह गरे ।
थापाले बीपीको नाम र सन्दर्भ सन्दर्भका आफैंले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । ‘तर आफूलाई लागेको कुरा बीपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने अभ्यास बढेको छ,’ उनले असन्तुष्ट व्यक्त गर्दै भने ।
नेता कार्यकर्ताले उम्कने सजिलो बाटो खोज्न बीपीको नाम लिने गरेको आरोप लगाउँदै महामन्त्री थापाले भने, ‘बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























