राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य नहुँदा मन्त्रिपरिषद् बैठक स्थगित

Banner

काठमाडौँ, पुस ४-

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ ।

सचिवालय स्रोतका अनुसार बैठक बस्न सक्ने गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुन नसकेपछि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।

‘प्रधानमन्त्री ज्यु बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराउनुभएको थियो । त्यसले केही थकित र कमजोर बनाउने रहेछ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने,‘त्यसैले आजको मन्त्रिपरिषद् बैठक बस्न नसक्ने भयो ।’

स्वास्थ्य अवस्था सामान्य नभएपछि धेरै जटिलता नभएको भने उनले बताए । ‘इन्डोस्कोपीको थकान मात्रै हो । जटिलता छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>