राजनीति

निकिता पौडेलको आरोपः मिडियाले धर्म छाडेँ

Banner

काठमाडौँ, पुस २-

रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आउने बताएकी छन् । श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको उनको भनाई रहेको छ ।

‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति रु अलिकति मलाई पनि देऊ न ।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु’, उनले सामाजिक सञ्जालमा अगाडि लखेकी छन् ‘बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को । कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् ।’ उनले मिडियाले धर्म छाडेको समेत आरोप लगाएकी छन् ।

‘मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ उनले अगाडि भन्छिन् ‘आफ्नो सम्पूर्ण बैकिङविवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ।’ उनले आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए आफैले बताउने बताएकी छन् ।

हेर्नुहोस् निकिताको स्टाटस् जस्ताको तस्तैः

आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कतिरु अलिकति मलाई पनि देऊ न।’
मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’
बुवा-छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायलुको।

कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन ररु आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु१ समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि१ श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थु अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।

मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>