राजनीति

निकिता पौडेल भन्छिन्- मेरो खातामा कति पैसा छ सोधेको भए बताइदिन्थेँ नि !

Banner

काठमाडौं,पुस २-

पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो बैंक खातामा भएको पैसाबारे भ्रम छरिएको बताएकी छन् । सञ्चारमाध्यममा निकिताको बैंक खाताबाट कारोबार भएको पैसाबारे विभिन्न समाचार आएपछि मंगलबार उनले आफूले आफ्नो सबै बैंक विववरण प्रहरीलाई बुझाइसकेको बताएकी छन् ।

निकिता फेसबुकमा लेख्छिन्–

आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।
मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु। बुवा-छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।  कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन ररु आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि१ श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको पुरुषार्थ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>