राजनीति
एमालेको कार्यशाला गोष्ठि ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो
०

काठमाडौँ, मंसिर ३०-
६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको कार्यशाला सकिएको छ । दुई दिनसम्म चलेको कार्यशालाले ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको हो ।
संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । एमालेको देशभरको ‘क्रिम फोर्स’भेला भएर स्थानीयस्तरमा पार्टी निर्माणमा युद्धस्तरमा गतिशील बन्ने सङ्कल्प गरिएको उनले बताए ।
कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलले महत्त्वपूर्ण मार्गदर्शन गरेको उनले बताए । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेको र १० वटा समूहको तर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गरिएको उनको भनाइ छ ।