राजनीति

रवि लामिछानेको मानव अधिकार उल्लंघन भयोः पूर्वप्रधानन्यायाधीश कार्की

Banner

काठमाण्डौँ, मंसिर २९-

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक स्थानबाट अर्को स्थानमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेकी छिन्। उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्।

लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। लामिछानेले पोखरासहित बुटवल, वीरगञ्ज, भरतपुर र काठमाडौंमा पनि बयान दिइसकेका छन्। सुरक्षाको कारण देखाउँदै उनलाई मंसिर १९ गते राति चितवनबाट पोखरा लिइएको थियो। सो क्रममा आफूलाई सुत्नसमेत नदिएर रातारात पोखरा लगेको लामिछानेले आरोप लगाएका थिए।

यो विषयमा सत्तारुढ दलका नेताहरूले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन्। यसबीच बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>