राजनीति

एमालेले पाउने जग्गा भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङको नाममा पास

Banner

काठमाडौँ, कात्तिक २६-

एमालेले जग्गादान लिएको जग्गा भाटभटेनीको नाममा पास भएको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल उनले आफ्नो नाममा लिएका हुन् ।

एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा नाममा रहेको जग्गा केही दिनअघि उक्त जग्गा नामसारी भएको हो ।

‘बिक्री प्रक्रियामार्फत रोड सो रियल स्टेटका नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोर प्रा.लि.का नाममा आएको छ’ मालपोत कार्यालय, कलंकी स्रोतले भन्यो, ‘तिहार बिदापछि उक्त जग्गा पास गर्ने काम भइसकेको छ ।’

गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए । घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>