राजनीति

छठ सकिएसँगै रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने

Banner

काठमाडौँ, कात्तिक २४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (कार्तिक २५ गते) फेरी पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले छठ पर्व चल्दै गर्दा केही दिन प्रदर्शन रोकेको थियो ।

छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ पोखरामा बिहान १० बजे प्रदर्शन गर्ने भन्दै रास्वपाले प्रचारप्रसार गरिरहेको छ । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>