राजनीति

प्रधानमन्त्री ओली चितवनको धुब्रे हात्तीजस्तो बने: प्रभु साह

Banner

काठमाडौँ, कात्तिक २३-

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको भन्दै तत्काल सच्याउनुपर्ने चेतावनी दिएका छन् ।
सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँग कुरागर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।

ओलीले मुलुक र जनताको प्रमुख समस्या समाधान गर्न नसकेको भन्दै निरीह भएको अध्यक्ष साहले टिप्पणी गरेका छन्। दुई तिहाई बहुमतको सरकारले मुलुकको प्रमुख समस्या समाधान गर्नुको साटो आफ्ना आलोचकलाई धरपकड गर्नुले ओली निरंकुश हुदै गएको उनले बताए।

‘दुई तिहाईको बहुमतको धाक लगाउने प्रधानमन्त्रीजीले मुलुक र जनताको समस्या समाधान गर्न सक्नुपथ्र्यो, तर त्यसमा असफल हुनुभयो। बाढीपीडितले न्याय पाउन सकेका छैनन्। मुलुकको आर्थिक समस्या झनझन बिग्रँदै गइरहेको छ। मुलुकलाई समृद्ध बनाउनुपर्नेमा सरकारले राज्यको ढुकुटी सिध्याएर कंगाल बनायो’, आजपा अध्यक्ष साहले भने, ‘धाक दुई तिहाई बहुमतको लगाउने तर आलोचना गर्ने विरोधीलाई छानिछानि धरपकड गर्ने, कारवाही गर्ने, आलोचक र विरोधीलाई तर्साउने कामले मुलुक बन्दैन्।’

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>