Breaking News

सहकारी प्रकरणमा धनराज गुरुङमाथि अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

Banner

काठमाडौं,कात्तिक १४-

गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तथ्य प्रमाण हेरेर सबैमाथि अनुसन्धान हुने उनको भनाइ छ ।

उनले भने, ‘सहकारीको रकम अपचलनमा धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ, यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’ उनले अहिले सहकारी ठगीमा प्रकरणमा भइरहेको अदालती प्रक्रियामा सबैलाई सहयोग गर्नसमेत आग्रह गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>