समाचार

सहकारी ठगी आरोपमा एमाले सांसदका छोरा सुमन खनाल पक्राउ

Banner

विराटनगर, कात्तिक ११-

सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।

उनलाई झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोप छ । खनाल सोही सहकारीका अध्यक्ष थिए । उनले बचतकर्ता र सेयर सदस्यको झण्डै एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

प्रहरीले उनलाई कात्तिक ५ गते घरबाटै पक्राउ गरिएको थियो । यद्यपि प्रहरीले उनी पक्राउ परेको सार्वजनिक गरेको थिएन । प्रदेश रजिस्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको र अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>