समाचार

भारतबाट लुकिछिपी नेपाल ल्याइन लागिएको पटका बरामद

Banner

रौतहट, कात्तिक ९–

हिन्दुहरूको महान् पर्व दीपावली तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मीहरुले बरामद गरेका छन् ।

झरौखर थाना र एसएसबी क्याम्प जमुनियाको संयुक्त टोलीले सीमावर्ती भारतीय बजार घोडासहनबाट लुकिछिपी ल्याएर सीमा संग जोडिएको लक्षमिनिया गाउँका विकेश जैसवालको घरमा भण्डारण गरी राखिएको ५ बोरा पटका बिहीबार बरामद गरिएको हो।

एसएसबीको डीआईजी कार्यालय मुजफरपुरका प्रवक्ता डीएसपी बिनित कुमार सिंहका अनुसार तस्कर विकेश जैसवालले नेपालमा तस्करीको माध्यमले पठाउन ठूलो परिमाणमा पटका भण्डारण गरिराखेको सूचनाको आधारमा छापामारी एको हो ।

बरामद पटका आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको तथा थप अनुसन्धान भइरहेको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। तिहार र छठ पर्व नजिकिँदै जाँदा तस्करहरूले रौतहट, बारा लगायतको विभिन्न नाकाबाट लुकाई छिपाइ पटका राजधानी काठमाडौँसम्म पुर्‍याउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>