अन्तर्राष्ट्रिय

विदेशी कामदारको संख्या घटाउने क्यानडाको घोषणा, नेपालीसमेत प्रभावित हुने

Banner

काठमाडौं,कात्तिक ८-

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अस्थायी विदेशी कामदारको संख्या घटाउने घोषणा गरेका छन् । ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भने, ‘क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइनेछ।’

उनले थप लेखेका छन्, ‘हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले पहिले क्यानडाली कामदारहरूलाई किन काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ।’ खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा तनावको अवस्था छ । गत वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए ।

सोहीकारण भारतलाई लक्षित गर्दै ट्रुडोले यस्तो घोषणा गरेको अनुमान छ । यसबाट नेपालीसमेत प्रभावित हुने देखिएको छ । पछिल्ला वर्षहरुमा नेपालबाट ठूलो संख्यामा विशेषगरी पढ्नका लागि नेपाली विद्यार्थी त्यहाँ जाने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>