माैसम

हावाहुरीसहितको बेमौसमी वर्षाले मधेसको धानबालीमा व्यापक क्षति

Banner

काठमाडौँ, कात्तिक ४-

गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहितका विभिन्न अन्न बालीमा व्यापक क्षति गरेको छ। सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धान बालीमा सबैभन्दा नराम्रो असर पुगेको किसानले बताएका छन्।

मधेसका सबैजसो जिल्लामा गएराति हावाहुरीसहित वर्षा भएको थियो। कतिपय किसानले काटेर खेतमै छाडेको धान पानीमा डुबेको छ भने काट्न बाँकी धान पनि हावाहुरीले खेतमै सोत्तर बनेको सञ्चारकर्मीसमेत रहेका रौतहटको चन्द्रपुरका सुब्बा कार्कीले बताए।

धानबाहेक भर्खरै छरेको तोरी, चना, मुसुरोसहितका बालीमा पनि वर्षाले क्षति पुगेको किसानले बताएका छन्। हिजोअस्ती छरिएको तोरी चनासहितको खेतबालीमा पानी जमेको छ। तर, यो वर्षाले मंसिरमा पाक्ने धान, उखु, तरकारीसहितका बालीलाई भने फाइदा भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>