खेलकुद
बाजुरामा छेडेदह गोल्डकप सुरु
०

बाजुरा, कात्तिक ४-
खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिने छ । खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























