घटना -दुर्घटना

जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय तारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई जना घाइते

Banner

जनकपुरधाम, कात्तिक २-

जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय तारमा करेन्ट लागेर महोत्तरीमा एक बालिकाको मृत्यु भएको छ।

गौशाला नगरपालिका(३ स्थित पचानन टोलका बिनोद महतोले घेरा लगाएको तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार घटनामा अन्य दुई बालिका घाइते भएका छन्।

करिनालाई करेन्ट लागेपछि बचाउन गएकी १८ वर्षीया राधा कुमारी महतो र १४ वर्षीया विभा कुमारी महतो घाइते भएका हुन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

शुक्रबार बिहान साढे ७ बजेतिर उनीहरू काम गर्न खेततिर पुगेको बेला नांगो तारमा करेन्ट लागेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>