देश/प्रदेश

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

Banner

मकवानपुर, कात्तिक २-

कुलेखानी–फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्यामु अर्यालले बताउनुभयो ।

दुवै सडकको  वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ-हेटौँडा-ठिङ्गन-काठमाडौँ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>