देश/प्रदेश
आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै
०

काठमाडौं, कात्तिक २-
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।
छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो ।
साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























