अन्तर्राष्ट्रिय

अमेरिकाले यमनमा बी–२ बमवर्षक विमानबाट खसायो बम

Banner

अमेरिका, कात्तिक १-

अमेरिकी सेनाले यमनको हुती समूहविरुद्ध बम वर्षा गरेको छ। रक्षामन्त्री लोइड अस्टिनले बुधबार बी–२ स्टिल्थ विमानबाट बम खसाइएको बताएका हुन्।

अस्टिनले ५ भूमिगत हतियारण भण्डारण क्षेत्रलाई निसाना बनाइएको बताए।

हुतीहरूले सो क्षेत्रमा सैनिक र गैरसैनिक जहाजलाई निसाना बनाउने हतियार भण्डार गरेको स्थानमा प्रहार गरिएको अस्टिनको भनाइ छ।

‘यो हाम्रा शत्रुहरूले हाम्रो पहुँचभन्दा बाहिर राख्न खोजेको स्थानलाई पनि निसाना बनाउन सक्ने अमेरिकाको क्षमताको प्रदर्शन हो। त्यस्तो निसाना जतिसुकै भूमिगत, किल्लाबन्द वा कठोर किन नहोस्,’ अस्टिनले भनेका छन्।

अमेरिकी सेनाको बी–२ स्पिरिट बमबर्षक विमानले आवश्यक पर्दा जहाँसुकै र जहिलेसुकै निसाना लगाउन सक्ने उनको भनाइ छ। हुती सञ्चालित टेलिभिजनले पनि राजधानी सानानजिक आक्रमण भएको बताएको छ। तर, क्षतिको विवरण दिएको छैन। गत एक वर्षदेखि लाल सागरमा हुती समूहले इजरायलसँग सम्बन्ध भएका जहाजहरूलाई निसाना लगाउँदै आएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>