देश/प्रदेश
वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायत भ्रमणमा,उपमेयरको असन्तुष्टि
०

धरान, असोज ३०–
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ बेलायत भ्रमणमा निस्किएका छन् ।
प्रमुख साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत भ्रमणमा निस्किएका हुन् ।
धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।
उनले विगतमा पूर्व मेयरहरूले पनि वडाध्यक्षलाई कार्यवाहक दिने गरेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने स्पष्ट पारे । तर उपमेयर बेगाले भने यस अगाडिका मेयरले स्थानीय सरकार सञ्चालन ऐन भन्दा बाहिर गएर कुनै पनि गतिविधि नगरेको दाबी गरेका छन्।
उपमेयर बेघाले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर मेयर साम्पाङविरुद्ध कानूनी उपचार खोज्ने समेत बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























