समाचार

हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

Banner

काठमाडौं, असोज ३०-

ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध हनी ट्र्याप प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनले पक्राउ पुर्जी कहिले जारी भएको भने बताएनन्। स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएकाले अब शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको एसएसपी खनालले बताए। ‘हामी खोजिरहेका छौँ’, उनले भने। यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए।

हनी ट्र्यापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ। पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो।

घटना बाहिर आएपछि इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो। त्यहीँ रहँदा उनी निलम्बनमा परेकी थिइन्।

यो घटनामा प्रहरीले आरोपी पक्राउ पर्न थालेको २५ दिनभित्र अदालतमा अभियोग पत्र दायर भइसक्नुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>