देश/प्रदेश

कर छलेर ल्याइएका १० लाख मूल्य बराबरका सामान बरामद

Banner

वीरगञ्ज (पर्सा), असोज ३०-

सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिनुभयो । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>