देश/प्रदेश

क्षतिग्रस्त बिपी राजमार्गमा भोलिदेखि ठूला गाडीपनि चल्ने

Banner

काठमाडौँ, असोज २८-

बाढी पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा भोलि (मंगलबार) बाट ठूला गाडीपनि चल्ने भएका छन्। क्षतिग्रस्त राजमार्गमा बनाइएको नयाँ ट्रयाकमा भोलिदेखि ठूला सवारीसाधन चलाउन दिने सडक डिभिजन भक्तपुरले जनाएको हो।

नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिए पनि ठूला सवारीसाधन रोक लगाइएको थियो। चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने सडक डिभिजन कार्यलय भक्तपुरले सूचना जारी गर्दै जनाएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>