काठमाडौँ

काठमाडौँ महानगरपालिकाले राख्यो गौशाला धर्मशालामा आफ्नो बोर्ड

Banner

काठमाडौँ, असोज २३-

काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारबाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ को बोर्ड हटाएर आफ्नो नयाँ बोर्ड राखेको हो।

पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति भएपछि महानगरको प्रहरी टोली बुधबार बिहानै गौशाला पुगेको थियो । महानगरको टोली त्यहाँ पुग्दा मारवाडी सेवा समितिका पदाधिकारीले विरोध गरेका थिए भने उनीहरुले हट्नका लागि पत्र मागिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>