अन्तर्राष्ट्रिय

ट्रम्पलाई राष्ट्रपति बनाउन सबै कुरा गर्न तयार छुः मस्क

Banner

वासिङ्टन, असोज २२-

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सो निर्वाचनमा रिपब्लिकन दलको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । उता, डेमोक्रेटिक पार्टीबाट वर्तमान उप–राष्ट्रपति प्रतिस्पर्धामा छिन् । चुनावी अभियान यतिबेला तीव्र बनेको छ । यसैबिच दिग्गज अमेरिकी व्यापारी एलन मस्कले सोमबार ट्रम्पलाई दोहोर्‍याएर राष्ट्रपति बनाउन आफूले सबै कुरा गर्न तयार रहेको बताएका छन् ।

यसबाहेक मस्कले ह्यारिसमाथि कटाक्ष गरेका छन् । उनले चुनाव जिते लोकतन्त्रमा खतरा हुने उनको दाबी थियो । ‘मेरो विचार यो छ कि यदि ट्रम्पले चुनाव जितेनन् भने यो पटकको चुनाव अन्तिम हुनेछ,’ उनको भनाइ थियो । हालैका वर्षहरूमा मस्क कयौँ विवादहरूमा घेरिएका छन् ।

केही राज्यहरूमा अवैध आप्रवासीहरूलाई जानाजानी राखिएकोमा आफू विश्वस्त रहेको र यिनीहरूलाई डेमोक्रेटको पक्षमा मतदान गर्न नागरिकता दिइने अभिव्यक्ति उनले दिएका थिए । अमेरिकामा अबको सरकार पनि डेमोक्रेट नै भयो भने सबै अवैध आप्रवासीहरूलाई वैध बनाइने र अर्को चुनावमा कुनै स्विङ स्टेट नरहने अनि अमेरिका एक दलीय देशमा परिणत हुने उनको दाबी थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>