नवलपरासी
दाउन्नेमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग दुईतर्फी सञ्चालनमा
०

नवलपरासी,असोज २०-
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्डअन्तर्गत दाउन्नेमा अवरुद्ध सडक आइतवारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेस्थित खुर्सानी खोलामा भासिएको सडक मर्मतपछि पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय, बर्दघाटका डीएसपी दीपेन्द्र बानियाँले जानकारी दिए ।
सडक पूर्णरुपमा सञ्चालनमा आएसँगै लामोसमय जाममा परेका सवारीसाधनलाई पास गराउने काम भइरहेको उनले बताए । असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि १४ गते सडक भासिएको थियो । एक रात र एक दिन पूर्णरुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरि भासिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























