खेलकुद

एभरेस्ट महिला भलिबल लिगः ललितपुरलाई हराउँदै कर्णालीले जित्यो उपाधि

Banner

काठमाडौँ, असोज १९-

कर्णाली यसभिएसले एभरेस्ट महिला भलिबल लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ को प्रतिस्पर्धामा पराजित गर्दै विजयी बन्यो।

कर्णाली यसभिएसले जारी लिगमा अपराजित यात्रा गर्दै उपाधि जितेको हो। पहिलो दुई सेटमा २५-१७ र २५-२० ले जित हात पारेपछि उपाधिको ढोका खोलिसकेको कर्णालीलाई ललितपुरले तेस्रो र चौथो सेटमा २५-१९ र २५-२२ ले हराएर खेलमा फर्कने प्रयास गर्‍यो। तर अन्तिम पाँचौँ सेटमा कर्णालीले १५-१३ को कडा प्रतिस्पर्धामा बाजी मार्दै उपाधि चुम्न सफल भयो।

लिगमा सहभागी ६ टोलीले राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए। अन्ततः शीर्ष दुई टोली कर्णाली र ललितपुर फाइनलमा प्रवेश गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>