समाचार

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

Banner

चितवन, असोज १७-

श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

“शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भन्नुभयो, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।” धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

उहाँका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>