अन्तर्राष्ट्रिय

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुग्यो

Banner

काठमाडौँ, असोज १७-

अमेरिकामा हेलेन आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ। यसबाट दक्षिण(पूर्वी अमेरिकी राज्यहरू प्रभावित छन्।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए भने ह्यारिस बुधबार जर्जिया गएकी थिइन्। बीबीसीका अनुसार सयौँ मानिस अझै बेपत्ता छन्। खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

जनतालाई राहत सामग्री पुर्‍याउने काम भइरहेको छ। गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीका कारण भएको विनाश हेर्न जर्जिया गएका थिए।

दुर्गम क्षेत्रमा बस्ने मानिस सम्पर्कमा आउन सकेका छैनन्। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेका अनुसार राष्ट्रपति बाइडेनले बिहीबार फ्लोरिडा र जर्जियाको पनि भ्रमण गर्नेछन्।गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>