बाढि पहिरो
डुंगा नहुँदा उद्धारमा समस्या भयो, अब किन्छौं: मेयर महर्जन
०

काठमाडौं, असोज १७-
ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ। मेयर चिरीबाबु महर्जनले डुंगा नहुँदा उद्धारमा समस्या भएको बताए। सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरका मेयर महर्जनले डुंगा नहुँदा उद्धार गर्न समस्या भएकोले अब महानगरले नै डुंगा किन्ने बताएका हुन्।
हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको उनले बताए। ‘अब पाँच वटा डुंगा किन्छौं,’ उनले भने। आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने उनको भनाइ छ।
‘चार-पाँच वटा डुंगा किनेर राख्छौं। यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं,’ उनले भने।
न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























