विजनेश
टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’को सुविधा

चितवन, असोज १-
दशैँ, तिहार र छठलाई लक्षित गर्दै टेस्लाको आधिकारिक विक्रेता भू–लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ ।
टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुर्याउने सेवा दिने कम्पनीका अध्यक्ष किरण आचार्यले जानकारी दिए । ग्राहकले एसी खरिदका लागि कम्पनीको आधिकारीक फोन नम्बरमा अर्डर गरेपछि आवत–जावतका लागि गाडी घरमै पुग्ने छ । कम्पनीले भरतपुरबाट २० किलोमिटरभित्र पर्ने स्थान मुग्लिन, भण्डारा, माडी र कावासोतीसम्म पिक एण्ड ड्रप गर्ने छ ।
ग्राहकलाई सम्मान स्वरुप यो योजना नेपालमै पहिलो पटक ल्याइएको अध्यक्ष आचार्यले दाबी गरे । कम्पनीले एसी खरिद गर्न चाहाने ग्राहकलाई घरमै गएर पिक गर्ने र शोरुममा प्रत्यक्ष रुपमा एसीबारे जानकारी दिने छ ।
कम्पनीले स्थापनाको १०औँ वर्षको अवसरमा चाडवाड विशेष छुट अवसर अन्तर्गत यो स्किम ल्याएको अध्यक्ष आचार्यले जानकारी दिए । कम्पनीले चाडपर्व विषेश ल्याएको योजनाअनुसार एसी जडान र डेलिभरीमा कुनै पनि शुल्क नलाग्ने पनि जनाएको छ । यो योजनामा टेस्लाको कुनै पनि एसीहरु खरिद गर्न सकिने छ । ग्राहकलाई न्यानो माया र सत्कार कसरी गर्न सकिन्छ भनेर सो सेवा दिन लागेको अध्यक्ष आचार्यले प्रष्ट पारे । नेपालीहरुले सहज सेवा खोजिरहेकाले यो सुविधा दिन लागेको उनको भनाई छ ।
विदेशमा रही बुवा आमालाई गिफ्ट दिन चाहाने छोरा छोरीको लागि यो सर्वसुलभ सेवा दिन यो बाहार ल्याएको कम्पनीले जनाएको छ । टेस्ला एसीमा कम विद्युत खपत, फ्रेस एयर टेक्नोलोजी, एयर पियुरीफाई, स्मार्ट कन्ट्रोल, रियल टाइम एयर क्वालिटी डिस्प्लेसहितको सुविधा रहेका छन् । चीनबाट आयात गरिएको यो एसीमा एक सय २० महिनाको वारेन्टी तथा एक वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध रहेको छ ।






















