चितवन विशेष

भरतपुरमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते

Banner

चितवन, भदौ २४-

भरतपुर महानगरपालिका–१९ विक्रमचोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्कुटरमा सवार तीन जना र एक साइकलयात्री घाइते भएका हुन् ।

आइतवार साँझ ६ः४० बजेको समयमा ना ३७ प ७८४७ नम्बरको स्कुटरले साईकललाई ठक्कर दिएको थियो ।

साईकल यात्री भरतपुर–१९ बस्ने वर्ष ६८ को भिम बहादुर गुरुङ, स्कुटर चालक भरतपुर–२८ बस्ने वर्ष २३ की मेनुका भट्टराई, स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–१ बस्ने वर्ष २३ की पुजा घिमिरे र उनको १८ महिनाको छोरा समिप घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

साइकल यात्री र स्कुटर चालकको अवस्था मध्यम छ भने स्कुटरको पछाडि सवार दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>