नवलपुर

हेटौँडाको होटलमा युवती मृत भेटिइन्, सँगै गएका पुरुष फरार

Banner

हेटौंडा,भदौ ११-

मकवानपुरको हेटौँडा १०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा युवती मृत भेटिएकी छन्। मृत भेटिनेमा हेटौँडा–११ निवासी २३ वर्षीया एलिसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आइतबार साँझ ५ बजे होटलमा युवक र युवती दुई जना पुगेका थिए।

सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए। जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार सँगै आएका युवक कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको सीसीटीभी फुटेजमा देखिएको छ। उक्त युवकले न्योपानेको हत्या गरेर भागेको हुनसक्ने प्रहरीले जनाएको छ। डीएसपी भण्डारीका अनुसार आइतबार साँझै हत्या गरेर युवक निक्सिएको देखिन्छ।

साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र आइतबार साँझ ७ बजेर ५९ मिनेटको समयमा युवक होटलबाट निस्किएको दृश्य सीसी टीभी क्यामेरामा कैद भएको बताइएको छ। सोमबार बिहान ढोका खोलेर हेर्दा मृतक युवतीको आँखामा चोट लागेको, कोठा रगताम्य भएको अवस्था थियो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>