चितवन विशेष
माडी जेसीजको उत्प्रेरक कार्यक्रम
०

चितवन, भदौ ७–
माडी जेसीजले युवाहरुमा उद्यमशीलता विकासका लागि उत्प्रेरक कार्यक्रम गरेको छ ।
माडी क्याम्पसको सभाहलमा गरिएको कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘एक कदम उद्यमशीलतातर्फ ‘विचारहरू प्रज्वलित गर्दै, उद्यमीहरूलाई सशक्त बनाउँदै’ शीर्षकमा उत्प्रेरक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा माडी नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख अतिथि रहेकी थिइन् । सो क्रममा बोल्दै प्रमुख महतोले युवाहरुलाई उद्यमशीलतातर्फ लैजान यस किसिमको कार्यक्रम आवश्यक रहेको बताइन् । उनले कार्यक्रम आयोजना गरेकोमा माडी जेसीजलाई धन्यवाद दिइन् ।
कार्यक्रम माडी जेसिजका अध्यक्ष जेसी सन्तोष भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई बिटफ्लक्स टेक्नोलोजिज्, माडी क्याम्पस र आकार एकेडेमीले सहकार्य गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























