नवलपुर
गैँडाकोटमा बसको ठक्करबाट आमाछोरी घाइते
०

गैडाकोट,भदौ ६-
नवलपुरको गैडाकोटमा बसको ठक्करबाट आमा छोरी घाइते भएका छन । गैँडाकोट नगरपालिका वडा नम्बर ८ स्थित भित्रि सडकखण्डमा नारायणगढबाट यात्रु लिएर कावासोतीतर्फ जाँदै गरेको सिटी बसले दिउसो १ बजे स्कुटरलाई ठक्कर दिएको हो । ना ७ ख १५७१ नम्बरको यात्रुबाहक सिटी बसले लु ९४ प ३७११ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार आमा छोरी घाइते भएका हुन् ।
घाइते हुनेमा स्कुटरको पछाडी सवार गैंडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षिया रिता कँडेल र उहाँकी छोरी १९ वर्षिया संजिता कँडेल रहेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























