नवलपुर

गैडाकोटको नन्दन सामुदायिक वनको अध्यक्षमा हरिमाया अधिकारी निर्वाचित

Banner

गैडाकोट,भदौ ५-

नवलपुरको गैडाकोटस्थित नन्दन सामुदायिक वनको अध्यक्षमा हरिमाया अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल खसेको १ हजार १ सय ७९ मत मध्ये उहाँले ४ सय ८७ मत ल्याएर बिजयी हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँका निकटतम प्रतिस्पर्धी बेलप्रसाद पौडेलले ३ सय ३४ मत,माधव चालिसेले २ सय १५ ,देवराज गिरीले १३ र भिम प्रसाद शर्माले ७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा नरजंग राना,सचिवमा कमला शर्मा, कोषाध्यक्ष डिला सुवेदी शर्मा र सहसचिवमा झलक राज शर्मा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा छमकुमारी बिक,दुर्गे तामाङ,लक्ष्मी लामा,तुलिमाया डिस्वा,बिष्णुमाया खत्री,कौशिला खत्री,पार्वती शर्मा,खगराज गौतम,चित्र बहादुर बोहोरा र टिकाराम सुवेदी रहनुभएको छ ।

यस्तै लेखा समिति संयोजकमा माधव प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>