नवलपुर
नवलपुरमा तरकारी बेच्न हिडेका बाबु छोरी चढेको मोटरसाइकल खोलाले बगायो
०

कावासोती,भदौ ४-
नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ । मध्यविन्दु ९ बसन्तपुरमा रहेको खहरे खोलाले २८ प ६९५ नं को मोटरसाइकल बगाएको हो ।
हुप्सेकोट गिरुबारीबाट मोटरसाइकलमा तरकारी लिएर बेच्न हिडेका देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगर चढेको मोटरसाइकल खहरे खोलाको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकल र बेच्न लैजान लागिएको तरकारी खोलाको बाढिले बगाएको भए पनि मोटरसाइकलमा सवार बाबु छोरीको भने उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाबु छोरीलाई उद्धार गरेर घर पठाईएको र उनिहरुको मोटरसाइकलको खोजी भैरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























