नवलपुर

नवलपुरको विनयी त्रिवेणीमा बस्ती पसेर चौपाया आक्रमण गर्ने बाघ समातियो

Banner

नवलपुर,भदौ ३-

पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकाको बघुवन गाउँमा पसेर पशु चौपाया आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले सोमबार बाघलाई नियन्त्रणमा लिएको हो ।

बस्तीमा पसेर आतंक मच्याएपछि मदारबाबा सामुदायिक वनमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश मगरले बताए । साउन ३२ मा बघुवन गाउँमा पसेर बाघले आक्रमण गरेपछि स्थानीयले बाघ नियन्त्रणमा लिन माग गर्दै आएका थिए । निकुञ्जको प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको बाघ घाइते भएको अवस्थामा फेला परेको छ । नियन्त्रणमा लिइएको बाघ अन्दाजी ६/७ वर्षको छ ।

बाघले शुक्रबार नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका १ बघुवन गाउँ पसेर लालमती खंगा मगरका २ वटा बाख्रा र खेमबहादुर खंगा मगरको १ वटा भैंसीलाई गोठमै मारेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>