नवलपुर

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

Banner

मध्यविन्दु,साउन २९-

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएपछि आज विहानैदेखि पहाड कटान सुरु गरिएको थियो । कटान कार्य आज पूरा नभएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो । सो क्षेत्रमा आज बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो । सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र भोलि बिहान ८ बजेदेखि पुनः काम सुरु गरिने पौडेलले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>