घटना -दुर्घटना

बेपत्ता बालक हसौरा खोलामा मृत अवस्थामा भेटिए

Banner

काठमाडौँ, साउन २३-

नवलपुरको कावासोती ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् ।

कावासोती ४ निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना मङगलबार बिहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका थिए । बुधबार बिहान ९ः१५ बजेतिर चिलाहाको हसौरा खोला किनारमा ३० महिने ढुंगाना मृत अवस्थामा फेला परेको हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले घटनास्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>