प्रवास

अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या

Banner

काठमाडौं,साउन १४-

अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या गरिएको हो।

नेपाल ठेगाना रुकुम बाफीकोट भएका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर मारेको हो। घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>