चितवन विशेष
दुई युवाले हस्पिटल रोडमा खोले निदान प्याथोलोजी
०

चितवन, साउन १–
चितवनका दुई युवाले सर्वसुलभ मूल्यमा रगतलगायतका जाँचका लागि निदान प्याथोलोजी संचालनमा ल्याएका छन् ।
भरतपुर महानगरपालिका–१० स्थित हस्पिटल रोडमा दया हेल्थ केयरसंगै निदान प्याथोलोजी संचालनमा आएको हो । युवा स्वास्थ्यकर्मी मोहन तिवारी र टिंका पंगेनीले प्याथोलोजी सेवा संचालनमा ल्याएका हुन् । मंगलबारदेखि प्याथोलोजी सेवाको शुभारम्भ गरिएको छ । सो अवसरमा आज निःशुल्क मधुमेहलगायतको चेकजाँच गरिएको थियो ।
प्याथोलोजीका संचालक मोहन तिवारीले सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने गरी प्याथोलोजी सेवा संचालनमा ल्याएको बताए । ‘हामी राम्रो सेवा र सर्वसुलभ मूल्यमा गर्ने गरी आएका हौं, केही युवाहरुलाई समेत हामीले रोजगारी दिएका छौं ।’
अर्को संचालक टिका पंगेनीले लामो समयदेखि आफू यही पेशामा रहेको भन्दै अझ वृहत रुपमा सेवा दिन निदानलाई ल्याएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























