चितवन विशेष

गैँडाकोटमा भेटिएको एक शव सिमलताल घटनाकै, अर्को शवको सनाखत बाँकी

Banner

चितवन, असार २९-

नवलपरासी पूर्वको गैँडाकोटमा भेटिएको दुई शव मध्य एक शवको पहिचान खुलेको छ। उक्त शव सिमलताल घटनाकै रहेको प्रहरीले पुष्टि गरेको छ। सनाखत भएको उक्त शव सर्लाहीका बरहथवा नगरपालिका वडा नं ३ निवासी १९ वर्षीय रमित कुशर माझीको रहेको प्रहरीले जनाएको छ। उनका बुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन्।

उनी काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति बसमा सवार यात्रु थिए। प्रहरीले उनको शव शनिबार दिउँसो साढे ३ बजे आसपास नारायणी नदीको किनारमा फेला पारेको थियो।  नदीले बगाएर ल्याएको अर्को अन्दाजी २५–३० वर्षका पुरुषको शवको भने हालसम्म पहिचान खुल्न सकेको छैन्। दुवैको शव करिब १० फिटको दूरीमा फेला परेको थियो।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए। बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेको थियो। उक्त शव सोही घटनामा परेका बसमा सवार यात्रीको रहेको पुष्टि भइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>