घटना -दुर्घटना

गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक जना डिस्चार्ज

Banner

चितवन, असार २८-

काठमाडौँबाट गौर जाँदै गरेको रात्रिबस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका मध्ये एकजना डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा घाइते भएका उनिहरु मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

काठमाडौँबाट गौर जाँदै गर्दा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेपछि हाम फालेर नदीबाट बाहिर आएको उनीहरूले प्रहरीलाई बताएका छन् ।

हाम फालेर त्रिशूलीबाट निस्कनेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता छन् ।

नन्द दास र जोगेश्वर राय यादवको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>