चितवन विशेष

नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो सतर्कता तह

Banner

चितवन, असार २८-

नारायणी नदीमा आएको बाढीले नारायणगढ र देवघाटमा सतर्कता तह नाघेको छ । पहाडी जिल्लामा भएको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागको देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको जलसतह ८.७ मिटर पुगेको छ । यहाँ ७.३ मिटर माथिको जलसतहलाई सतर्कता तह र ९ मिटर माथिको जलसतहलाई खतराको तह मानिन्छ ।

त्यस्तै, नारायणीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुलमा ११.६७ मिटर जलसतह नाघेको छ । यहाँ ११ मिटर जलसतहलाई सतर्कता तह मानिन्छ । दुवै स्थानमा बाढीको जलसहत स्थिर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>