नवलपुर

दाउन्नेका ५ ठाउँमा एकतर्फी यातायात,पहिरोले गैंडाकोटमा कालीगण्डकी करिडोर अवरुद्ध

Banner

नवलपुर,असार २७-

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा हिलो र लेदोको कारण सवारी एकतर्फी सञ्चालन भएको छ । लगातारको वर्षाका कारण दाउन्ने डाँडाबाट खसेको हिलो र लेदोले सवारी चलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए ।

बुटवल-नारायणगढ सडक विस्तारका क्रममा कल्भर्ट निर्माणका लागि खनिएको डाइभर्सनका कारण पनि दाउन्नेमा लामो जाम भएको छ । सवारी दुईतर्फी चलाउले प्रयास भए पनि वर्षा नरोकिदा अवरोध हटाउन नसकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दाउन्नेको घिउ खोलामा लामो जाम लागेको छ । दाउन्ने खण्डको १५ किलोमिटर दूरी पार गर्न ४ घण्टाभन्दा बढी समय लाग्दा यात्रुले हैरानी बेहोर्नु परेको छ ।

यसैगरी गैँडाकोट नगरपालिका-३ हिउँदेखोलास्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>