चितवन विशेष

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Banner

चितवन, असार २७-

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज बिहान ९ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित झोलुंगे पुल र सिमलतालको बीच सडकमा माथिबाट लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो खसेर सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले बताएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>