चितवन विशेष

रत्ननगरको गायत्री हरिहर मन्दिरमा महाआरतीको सुरुवात

Banner

चितवन, असार २५-

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ निपनीस्थित गायत्री हरिहर मन्दिरमा सन्ध्याकालिन महाआरती सुरु भएको छ । आध्यात्मिक जागरण एवम् धार्मिक पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले महाआरतीको सुरुवात गरिएको हो ।

भूतभावन भगवान् शङ्कर र वनमाली नारायण भगवानको प्रतिनिधित्व गर्दै गायत्री हरिहर मन्दिर प्रतिस्थापन भएको हो ।

हरिहर भगवानलाई नीराजन गर्ने र रत्ननगरवासी श्रद्धालु भक्तजनहरूमा विशेष आस्था जगाउदै धार्मिक पर्यटनलाई शिखरमा पुर्‍याउने उद्देश्यकासाथ महाआरती सञ्चालन गरिएको आरती व्यवस्थापन उपसमितिले जनाएको छ ।

महाआरती साउन महिनासम्म निरन्तर रूपमा सञ्चालन हुने समितिले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>